Aamsanchar

झापामा कोरोना संक्रमित युवतीद्वारा झुन्डिएर आत्महत्या

Author Image
बुधवार, कार्तिक १९, २०७७

झापा : दमककी एक जना कोरोना संक्रमित युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आफू सुत्ने कोठोमा रहेको सिलिङ पंखामा सलको पासो लगाएर उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए ।
शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीसँग समन्वय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक पण्डितको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर