Aamsanchar

सखुवा जातको तयारी काठ दमकबाट बरामद

Author Image
बुधवार, कार्तिक १९, २०७७

झापा- प्रहरीले दमकबाट आज साढे ८ बजेको समयमा अबैध रुपमा राखेको सखुवा जातको तयारी काठ (ढोकाको थान ७ र झ्यालको थान २) बरामद गरेको छ । झापा दमक न.पा.वडा नं. १ बरगाछी चौकमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो । उक्त काठ आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर