Aamsanchar

अब व्यक्तिलाई पनि सार्वजनिक इन्टरनेट

Author Image
आइतवार, कार्तिक २३, २०७७

काठमाडौँ। देशैभर ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न जिल्लाका सार्वजनिक निकायमा उपलब्ध गराएको इन्टरनेट अब व्यक्तिगत रूपमा पनि प्रयोग गर्न सकिने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर प्राधिकरणले ती निकायहरुलाई दुई वर्षसम्म निःशुल्क उपलब्ध गराएको इन्टरनेट व्यक्तिगत प्रयोगकर्ताले खरिद गर्न सक्ने भएका हुन् ।

प्राधिकरणका अनुसार विभिन्न ४६ जिल्लाका नगरपालिका, गाउँपालिका तथा तीअन्तर्गतका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराइएको इन्टरनेट ग्राहकले सम्बन्धित कम्पनीसँग सम्पर्क गरेर जडान गर्न सक्छन् ।
यसरी इन्टरनेट जडान गर्दा प्राधिकरणबाट स्वीकृत दररेटमै जडान गर्न सकिने स्पष्ट पारिएको छ । यसो हुँदा तोकिएका जिल्लाका प्रयोगकर्ताले सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

प्राधिकरणले कोषमा सङ्कलन भएको रकम उपयोग गरेर ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने र सबै जिल्लाका नगरपालिका तथा गाउँपालिकामा तोकिएका सार्वजनिक निकायहरुमा इन्टरनेट उपलब्ध गराउने परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजना अन्तर्गतका १८ ओटा प्याकेजमध्ये १२ वटा प्याकेज अन्तर्गतका ४६ जिल्लामा उपलब्ध गराइएको इन्टरनेट व्यक्तिगत प्रयोगकर्ताले उपयोग गर्न सक्ने भएका हुन् ।

प्राधिकरणका अनुसार काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, गोरखा, धादिङ, मकवानपुर, जाजरकोट, कालिकोट, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम जिल्लाका स्थानीयले यस्तो सेवा प्रयोग गर्न सक्छन् । त्यस्तै डोल्पा, जुम्ला, हुम्ला, मुगु, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सप्तरी, सिराहा, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, संखुवासभा, ताप्लेजुङ्, सोलुखुम्बु, अछाम, बझाङ्, बाजुरा, दैलेख, सुर्खेत, सल्यान, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथरर खोटाङ्मा पनि इन्टरनेट प्रयोग गर्न चाहनेले उपयोग गर्न सक्नेछन् । प्राधिकरणले यी जिल्लाका तोकिएका सार्वजनिक निकायमा इन्टरनेट जडान छुटेको भए सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१