Aamsanchar

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ६ जना पक्राउ

Author Image
आइतवार, कार्तिक २३, २०७७

काठमाडौं : महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ललितपुरको इमाडोलबाट छ जना पक्राउ गरेको छ।महाशाखाको टोलीले ललितपुर महालक्ष्मीस्थान नगरपालिका–४ इमाडोलस्थित दीपक लिम्बूको डेराबाट छ जनालाई पक्राउ गरेको हो।

टोलीले लिम्बूसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भई इमाडोल बस्ने सुनिल गोले, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ घर भई हाल भक्तपुर ठिमी बस्ने प्रकाश तामाङ, भोजपुर ट्याम्केमैयु गाउँपालिका–३ घर भई हाल ललितपुर टिकाथली बस्ने सनबहादुर राई र सिन्धुली तीनपाटन गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने अम्बरबहादुर तामाङ रहेका छन्। उनीहरूको साथबाट तीन फिट तीन इञ्च लम्बाइ र १ फिट चौडाइ भएको रेडपाण्डाको एक थान छाला बरामद भएको महाशाखाले जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय ललितपुर पठाईएको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर