Aamsanchar

सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रबाट तिन हजार जनालाई प्रविधि साक्षरता तालिन दिन सुरु

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

चारपाने । सहज रुपमा प्रविधीको उपलब्धता, बर्तमान समयमा बढदो आवश्यकतालाई मध्येनजर गरेर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवाकेन्द्रले नीति, विधी र प्रविधिमा शेयर सदस्यहरुलाई सहारा साकोसको डिजटल बैकिङ सेवा प्रणालीमा जोडनको लागि प्रविधि साक्षरता तालिम सुरु गरेको छ ।

सेवा केन्द्र अन्तरगत सहारा साकोसमा आवद्ध तिन हजार भन्दा धेरै शेयर सदस्यलाई सिकाई अभियान अन्तरगत डिजिटल बैंकिङ प्रणाली प्रयोग गर्न सिकाउन थालिएको हो ।

सहारा स्मार्ट मोवाईल एप्सबाट आफ्नो सम्पूर्ण बचत तथा ऋण र सहाराले उपलब्ध गराउने विभिद सुविधाको बारेमा जानकारी साथै अन्य विभिन्न क्षेत्रमा विल भुक्तानी गर्न सजिलो र छुट सुविधा लिन सकिने भएकाले हरेक शेयर सदस्यलाई मोबाईल बैंकिङ सुविधाको बारेमा जानकारी दिन थालिएको लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले बताए । उनले थप्दै भने ‘व्यस्त समय र अझ यतीखेर कोरोना महामारीको कारण कार्यलय सम्म आएर सेवा लिन असमर्थ हुनुहुने शेयर सदस्यहरुले घरैबाट सेवा लिन सक्ने अवस्था बनोस् भन्ने उदेश्यले पहिलो चरणमा सय जना शेयर सदस्यलाई स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउदै १०–१० जनालाई पालैपालो  तालिम दिन थालिएको छ ।’

मंगलबार  सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा आयोजना भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा कनकाई–८ का वडाध्यक्ष प्रेमबहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिम उद्घाटन सत्रमा अनुगमन अधिकृत घनश्याम राय, कनकाई कार्यपालिका सदस्य सुनिता सिग्देल, लक्ष्मीपुर प्रहरी बिटका इन्चार्ज जितेन्द्रनारायण मण्डल, लक्ष्मीपुर बजार व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर बस्नेत लगायतको आथित्यता रहेको थियो ।

प्रशिक्षणमा सहजीकरण सहारा साकोसका वरिष्ठ आईटी प्राविधिक नेत्र खतिवडाले गरेका थिए भने कार्यक्रमको संचालन लक्ष्मीपुर सेवा केन्द्रका खगेन्द्र निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर