Aamsanchar

आज दुई हजार ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि, आठ सय ५३ जना निको भएर फर्किए, २२ जनाको ज्यान गयो

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

काठमाण्डौ – नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार सात सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार दुई हजार ७ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार नौ सय ६० जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा आठ सय ५३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६० हजार पाँच सय ७७ पुगेको छ ।

अब नेपालमा ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार ५८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ४८ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर