
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याइदैँ गरेको तामाको भाडा, सुर्ती, र पटका मेचीनगरका बिभिन्न स्थानबाट बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ लाख ७० हजार रुपैयाँ बराबरको तामाको भाडा, सुर्ती, र पटका बरामद गरेको हो । बुधबार बरामद गरीएका उक्त समानहरु आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
Views: 181


