Aamsanchar

बिर्तामोडका पाँच महिलाले घरायसी कामबाट बचेको सयमलाई यसरी सदुपयोग गर्दै छन

Author Image
शुक्रवार, कार्तिक २८, २०७७

चारपाने ।  तिहार सुरु भई सक्यो तिहारलाई फूलको पर्वको रुपमा पनि लिईन्छ, त्यसैगरी छठ पर्वमा पनि फूल धेरै खपत हुन्छ । सयपत्री, मखमली लगायतका फूलले घर गाउँ उज्यालो भएको छ, त्यस्तै झापाको विर्तामोड–४ स्थित एउटा टोलमा मानिसको चहलपल बढेको छ । चहल पहल बढनु कारण हो ढकमक्क फुलेको सयपत्री फूल । त्यहाँ बिर्तामोडका ५ जना महिलाहरुले लगाएको सयपत्री फूल खेतीमा फूल किन्न जानेहरुको लर्को नै लाग्ने गरेको छ ।


गाउँमा प्राय घरैपिछे फूल फुलीसकेको छ, सहरमा पनि धेरैका कौसी र गमलामा सयपत्री फूल फुलेको देख्न सकिन्छ तर यतीले मात्र फूलको आवश्यकता पुरा हुने अवस्था छैन, तिहारको बेला भारतबाट ठुलो परिणामा फूलेको फूल र माला आयात हुने गरेको छ । बिर्तामोड झापाको मुख्य व्यापारिक केन्द्र भएकाले बिर्तामोडमा फूल धेरै खपत हुने गरेको स्थानिय एक फूल व्यापारीे बताउछन् ।


भातरबाट आउने फूल धेरै दिन टिकाउनको लागि फर्मालिना नामक विषाधि प्रयोग भएको फूल गलामा लगाउदा विभिन्न प्रकारका छालाका रोग लाग्ने भएकाले त्यस्ता फूल आयात नगर्न र प्रयोग नगर्न बिर्तामोड नगरपालिकाले नागरिकमा सचेत गराउने काम पनि गर्दै आएको छ ।
आफ्नो व्यवसाय र घरायसी कामबाट बचेको सयमलाई सदयोग गरेर भारतबाट आउने फूललाई रोक्ने र स्थानिय उत्पादन नै उपभोक्ता समक्ष पुर्याउने उदेश्य सहित आफै आर्थिक रुपमा आत्मनिर्भर बन्न र अरुलाई पनि आत्मनिर्भर बन्ने प्रेरणा प्रदान गर्ने उदेश्यका साथ बिर्तामोडमा आफूलाई अगुवा महिला उद्यमीको रुपमा चिनिन थालेका पाँच जना महिलाहरु गोमा भट्टराई, नैनकला भट्टराई, सुष्मा भण्डारी, सर्मिला अधिकारी र यसोदा चापागाइँले सामुहिक रुपमा सुरुगरेको फूल खेती आजभोली रमित लाग्दो बनेको छ ।


एक विघा पाँच कठ्ठा क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । बार्षिक ५० हजार रुपैयामा जग्गा भाडाँमा लिएर गरिएको खेतीमा महिलाहरुले करिव दुईलाख लगानी गरेका छन् । एक जनालाई बार्षिक रुपमा रोजगारी दिएका छन् भने फूल रोप्ने गोड्ने बेलामा दैनिक ज्यालादारीमा अरु दुई चार जनालाई रोजगारी दिदै आएका छन् । यस अलावा फूल रोप्न, गोड्न र टिप्न धेरै जसो पाँचैजना महिलाहरु आफै पनि खट्ने गरेका छन् ।


गत बर्षहरुमा पनि यसरी खेती गर्दै आएका महिलाहरुले नेपालमा राम्रैसंग फूल उत्पादन गर्न समिने मा विस्वस्त बनेको बताएका छन् । झापामा व्यवसायिक फूल खेती आफूहरुले पहिला गर्न थालेको बताउदै आजको दिनमा आईपुग्दा धेरै ठाउँमा व्यवसायिक फूलखेती हुन थालेकोमा खुशी लागेको उद्यमी गोमा भट्टराई बताउ छिन् ।
जेठ १५ गते सम्ममा बेर्ना राख्ने र बेर्ना राखेको २५ देखि ३० दिन भित्रमा सारेर रोप्नु पर्ने हुन्छ, मल, सिचाईको राम्रो व्यवस्था भए ९० दिन देखि फूल फुल्न सुरु हुन्छ र फुलेको समय देखि दुई महिना सम्म फूल उत्पादन भई रहने अर्की व्यवसायी नैनकला भट्टराईले बताईन् ।

‘प्रति कठ्ठामा ८ सय विरुवा रोप्न सकिन्छ’ थोरै लगानीमा राम्रो मुनाफा लिन सकिने क्षेत्र भनेकै कृषि हो, स्थानिय उत्पादनको लागि बजारको समस्या छदै छईन हामि कहाँ व्यापारीलाई फूल दिनै पुग्दैन उपभोक्ता हरुलाई नै पुर्उन सकेका छैनउ उद्यमी शुष्मा भण्डारीले बताईन् ।
यती वेला उद्यमी महिलाहरुले बारी बाटै प्रति किलो ३ सय रुपैयाका दरले फूल धमाधम बिक्री गरिरहेका छन् ।

भिडियो पनि हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 461

प्रतिक्रिया (०)

सम्बन्धित खबर