Aamsanchar

दुबई जान लागेका चार जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइए

Author Image
शुक्रवार, कार्तिक २८, २०७७

काठमाडौं । दुबई जान लागेका चार जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । नियमित चेकजाँचका क्रममा ठूलो परिणाममा नेपाली सीम कार्ड भेटिएपछि उनीहरुलाई फर्काइएको हो । विमानस्थल सुरक्षा स्रोतका अनुसार ई ४८९८२२६२, ईएफ ६०९७७१५ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक क्रमशः लिओ विझी, लिओ जिङसियाङ र डुपेई विमानस्थलबाट प्रहरी नियन्त्रणमा पुगेका हुन् । उनीहरुको साथमा चार सय २० वटा नेपाली सीम कार्ड बरामद भएको छ । स्रोतका अनुसार लिओको साथबाट १५० वटा एनसेलको सीम कार्ड, १२ वटा रेडमीको मोबाइल, जिङसियाङको साथबाट १०० वटा एनसेलको सीम कार्ड, १४ वटा एमआईको मोबाइल र डुपेईको साथबाट १५० वटा एनसेल र २० वटा स्मार्ट टेलिकमको सिमकार्ड भेटिएको थियो ।

उनीहरुको गतिविधि शंकास्पद देखिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले छानविन गरेको थियो । त्यसक्रममा अवैध कलबाइपास (भीओआईपी/जीओआईपी) जस्ता अवैध गतिविधिमा संलग्न हुनसक्ने आशंका गरिए पनि कुनै कनेक्सन नपाइएको महाशाखाका प्रमुख एसएसपी दिपक थापा बताउँछन् । उनका अनुसार अपराधिक गतिविधि नदेखिएपछि उनीहरुलाई पुनः विमानस्थल प्रशासनको जिम्मा लगाउने तयारी गरिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी चिनियाँ भाषाको अनुवादकसमेत मगाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर