Aamsanchar
Adv top
Adv below_nav

तिहारमा यस्तो छ सिमा पारिको नेपाली बजार पानीटंकीको अवस्था


बिर्तामोड । कोविड –१९ को त्रासका बीचमा पनि नेपाली जनता हरुमा आफ्नो महान चाड दशै, तिहार र छठ पर्व मनाउने उत्साहमा कमी देखिएको छैन। सरकारले भारत तथा अन्य देश बाट आफ्नो नागरिक भित्रीने प्रक्रिया केहि सहज बनाए पछि हवाई तथा स्थलमार्ग बाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनिय बृद्धि आएको छ। बजारमा किनमेल गर्ने देखी होटल ,रेष्टुरेन्टमा पनि भीडमा कुनै कमी छैन नेपालका बजारमा ।

झापा बिर्तामोडका एक स्थानिय ब्यापारिका अनुसार सिमाबन्द भए देखी यसपाली लत्ताकपडा, खाद्यन्न, मोबाइल लगायतका अन्य उपभोग्य सामग्रीको ब्यापारमा उल्लेखनिय बृद्धि भएको छ भने मौका छोपेर मूल्य बृद्धि गर्नेको पनी कमी छैन।

उता नेपालीहरुकै भरमा चल्ने गरेको सिमा पारिको नेपाली बजार पानीटंकीको अबस्था सुनसान छ । झापाको बिर्तामोड बाजार देखी लगभग १७ किलोमीटरमा अवस्तिथ मेची पारिको पानीटंकी बाजार नेपाल पट्टीका जनताको किनमेलका लागि पहिलो रोजाईमा पर्ने गर्थियो, सिमापारीका अधिकांश पसल नेपालीको स्वाद र रोजाई अनुसार खुलेका छन्। एक किलो चिनीका लागि पनि सिमापारी पुग्ने चलनले फस्टाएको पानीटंकी बजारको अवस्था के छ त भनेर धेरैको जिज्ञासा हुनसक्छ आमसंचारले स्थलगत रिर्पोटिङ गर्दा  सधै भिड हुने पानीटंकी बजार भारतमा लकडाउन नभएपनि लकडाउन झै पाईएको छ ।

यतीवेला यस्तो छ  पानीटंकी
अरुबेला वास्तै नगर्ने रिक्शा वालाले बडा विनम्र स्वरले ‘कहाँ जाहएङगे’ कहाँ जाने  भन्न थालेका छन् । त्यहाँको दृश्य चर्चित भारतीय चलचित्र शोले को रामगढ़ को समझना दिने अवस्थाको छ । सुनसान सड़क, बन्द पसल र खुलेको पसल खाली। बाजार कहिलै यस्तो अवस्था नदेखेको स्थानिय एक जेष्ठ नागरिकले बताए ।

बिगतको बर्षहरुमा तिहारको बेला बेहुली  जस्तै श्रृगारिने यो बाजार आज सुनसान छ । फाट्टफुट्ट खुलेका दोकानका व्यापारीहरुको मुहार ऊदास छ । सडक सुनसान देखिन्छ । हुन पनि किन न होस अधिकांश नेपाल तर्फको ब्यापारमा आश्रित छ यो बाजार।

धेरै जस्तो ब्यापारिले पसल खोल्न छोडेका छन् कहिले दिन भरी बस्दा पनि ब्यापार शून्य बराबर हुने गरेको एक पुराना किरना ब्यापारीले बताए।
उनका अनुसारभारतीय  पक्षले छोटो समयको लागि प्रवेश अनुमति दिए पनि नेपाली पक्षले चासो र वास्ता नराखेको भन्दै आक्रोशित हुँदै गुनाशो राखे।

अहिले नेपाल प्रवेश गर्नको लागि नेपाली नागरिकता र पीसीआर रिपोर्ट अनिवार्य रहेको छ। कहिले सिमा खुल्ने अनि कहिले यो बाजार पहिला जस्तै हुन्छ भने आशमा पानीटंकीका ब्यापारी त्यो दिनको पर्खाईमा रहेका छन् । पानीटंकीमा ब्यापार गर्ने ब्यापारी सिलीगुड़ी, नक्सालबाडी र नेपालका रहेका छन। यता नेपाल सरकारको कार्तिक २७ गते बसेको मन्त्री परिषदको बैठकले सिमा मंसिर ३० गते सम्म नखोल्ने निर्णय गरेको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।