Aamsanchar

संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको अभिनयमा ‘माया लाउँ कि नलाउँ भो'( भिडियोसहित )

Author Image
शनिवार, कार्तिक २९, २०७७

काठमाडौं – युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो नयाँ ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेम शैलीको गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल गायन सुन्न सकिन्छ। चुडामणि पौडेलको शब्द र टिका भण्डारीले संगीतवद्द गरेको गीतमा रोमी बस्नेतको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ। साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ। भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्। भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार पौडेल लामो समय देखि हलेशी ट्रेड लिङ्क बिर्तामोड मार्फत अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न छन् । तिहारको कोशेली स्वरूप सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर