Aamsanchar

धनुषको ‘राउडी बेबी’ युट्युबमा १ अर्ब बढी ‘भ्यू’

Author Image
मङ्गलवार, मंसिर २, २०७७

तमिल सुपरस्टार तथा रजनीकान्तका ज्वाईं धनुषको अर्को एउटा गीतले नयाँ रेकर्ड कायम गरेको छ । उनको फिल्म मारी टुको राउडी बेबी गीतले युट्यबमा १ बिलियन अर्थात् १ अर्ब बढी भ्यूजको रेकर्ड बनाएको छ । यो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । फिल्ममा धनुष र कृष्णाले मुख्य भुमिका निभाएका छन् ।

यस्तै इतिहास धनुषको गीत कोलावेरी दीले रचेको थियो । यो गीत सन् २०११ मा रिलिज भएको साइकोलोजिक थ्रिलर थ्रीको थियो । १६ नोभेम्बर सन् २०११ मा रिलिज भएको गीत असाध्यै चर्चित भएको थियो । तमिल र अंग्रेजीमा लेखिएको यो गीतको शब्द धेरैको मुखमा झुण्डिन्थ्यो । यो गीतलाई पनि धनुषले लेखेका र गाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 411

प्रतिक्रिया (०)

सम्बन्धित खबर