Aamsanchar

कर्मचारीलाई कोराना देखिए पछि झापाका दुई पालिका अझै केही दिन नखुल्ने

Author Image
मङ्गलवार, मंसिर २, २०७७

झापा । कोरोना त्रास दिनप्रतिदिन बढी रहेको अवस्थामा त्यसको चपेटामा कर्मचारीहरु पर्न थालेका छन् । सर्वसाधारण संग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने कर्मचारीको बाध्यताका कारण पनि कर्मचारीहरु बढी कोरोना संक्रमणको जोखिममा पर्न थालेका छन् । यस्तो असहज परिस्थितीलाई दृष्टीगत गरेर   झापाका दुई स्थानीय तह तिहारपछि पनि नखुल्ने भएका छन् । कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि बाह्रदशी र झापा गाउँपालिकाले तिहारपछि पनि कार्यालय संचालन नगर्ने भएका हुन्।

ति दुईवटै गाउँपालिका कार्यालयले सूचना जारी गरी भोलि मंसिर ३ गतेदेखि कार्यालय लगाउन नसक्ने जनाएका हुन् । बाह्रदशी गाउँपालिकाका एक ओभरसियरलाई कोरोना संक्रमण भएको छ । उनी हाल होम आइसोलेसनमा रहेका छन् ।

कोरोना भाइरसको प्रकोप अझै सामान्य नभएको भन्दै बाह्रदशी गाउँपालिका मंसिर ६ गतेसम्मका लागि बन्द रहने जनाइएको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले आज एक विज्ञप्ति जारी गरी मंसिर ३ र ४ गते गाउँपालिका कार्यालय, त्यस अन्तर्गतका विषयगत शाखाहरु, वडा कार्यालय, स्वास्थ्य केन्द्र र आधारभूत सेवा केन्द्रहरुको कामकाज बन्द रहने जनाएका छन् । उनले अब छठ पर्व सकिएर मंसिर ७ गतेदेखि मात्र कार्यालय नियमित रुपमा संचालन हुने बताएका छन् ।

त्यस्तै अर्को झापा गाउँपालिकाका १२ जना कर्मचारीहरु संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा रहेकाले मंसिर ३ देखि ९ गतेसम्म कार्यालय बन्द रहने गाउँपालिका अध्यक्ष जयनारायण शाहले जनाएका छन् ।

उनले अहिलेको जटिल अबस्थाका कारण पर्न जाने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी भएको उल्लेख गरेका छन् । झापा गाउँपालिका कार्यालय कात्तिक २७ गतेदेखि नै बन्द रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर