Aamsanchar

अब धेरै बिद्यालयहरु खुलाउन बाटो खुल्यो

Author Image
बुधवार, मंसिर ३, २०७७

सरकारले विद्यालय सञ्चालन गर्ने र बन्द गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । योसँगै अब कोरोना भाइरस (कोभिड-१९) संक्रमण कम फैलिएको क्षेत्रका विद्यालय सञ्चालनका लागि ढोका खुलेको छ । विद्यालयमा सुरक्षित पठनपाठनका लागि शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारीसमेत गरेको छ ।

स्थानीय तहलाई दिएको अधिकार र यो निर्देशिका जारी भएसँगै कोरोना महामारीकै बीचमा बालबालिकाले विद्यालय गएर पढ्न पाउने बाटो खुलेको छ ।

विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गतवर्ष चैतदेखि गरेको लकडाउनका कारण सबै विद्यालय बन्द छन् ।

‘मन्त्रिपरिषदको मिति २०७७ असोज २२ गतेको निर्णयबाट कोभिड–१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई विद्यालय पठनपाठन सञ्चालन गर्न गराउन सैद्धान्तिक स्वीकृति दिइएको छ’ कार्या ढाँचामा भनिएको छ ।

मन्त्रालयले विद्यालय सञ्चालन र २०७६ चैत्रमा स्थगित भएको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२)को पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विधि,पद्धति र प्रक्रिया र अन्य आवश्यक व्यवस्था मिलाई सञ्चालन गर्न पनि कार्यढाँचामार्फत अनुमति दिएको छ ।

कार्याढाँचाअनुसार विद्यालय बन्द गर्ने अवस्था आएमा विद्यालयले बन्द गर्नुपर्नेछ । यस्तै, सबै स्थानीय तहलाई विद्यालयलाई क्वारेन्टाइनस्थल वा आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरेका विद्यालयहरु भए क्वारेन्टाइन वा आइसोलेसनसम्बन्धी कार्यहरु हटाई विद्यालय भवन र परिसर निर्मलीकरण गर्न निर्देशन दिएको छ ।

कार्यढाँचा अनुसार हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर