Aamsanchar

भान्सामा पाइने यी ५ चीज, जस्ले हटाउँछ डन्डिफोरको दाग

Author Image
शुक्रवार, मंसिर ५, २०७७

एजेन्सी – अनुहारमा आउने डन्डिफोरको दागले धेरैलाई सताएको हुन्छ । यस्ता दागहरु लामो समयसम्म अनुहारमा रहिरहने भएकाले धेरै चिन्तित हुन्छन् । कतिपयले यस्तो दाग हटाउनका लागि विभिन्न औषधिको प्रयोग पनि गर्ने गर्छन् । तर यस्तो दाग हटाउन लगाउने औषधिले अन्य छालाका समस्याहरु पैदा गर्छन् । यस्ता दागका लागि भान्सामा नै पाइने केही औषधिहरुको प्रयोग गर्न सकिन्छ । जसले सजिल्यै दाग हटाउन मद्दत गर्छ । 

घ्युकुमारीको जेल
छालाको देखभाल गर्नका लागि घ्युकुमारी निकै फाइदाजनक मानिन्छ । यसले छालालाई कोमल बनाउँछ । तर यसले दाग कम गराउँछ । डन्डिफोरको दागमा दैनिक घ्युकुमारी जेल लगाउँदा रातभरीमा दाग हराउँछ । 

टी ट्री तेल
यो तेलमा एन्टिब्याक्टोरियल गुण पाइन्छ । थोरै नरिवलको तेलमा टी ट्री तेल दुई थोपा हालेर मिसाएर दाग भएको ठाउँमा लगाउनुस् । तेल लगाएको १० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् । 

ग्रीन टी
अनुहारको लागि ग्रीन टी निकै फाइदाजनक हुन्छ । पानीमा ग्रीन टीको ब्याग हाल्ने र उमाल्ने त्यसपछि पानी चिसो बनाउने । त्यसपछि दागमा लगाउने र केही समयपछि पानीले पखाल्ने गर्दा अनुहार सफा हुन्छ ।

मह
मह कालो दाग धब्बाका लागि निकै फाइदाजनक हुन्छ । महमा एन्टिब्याक्टेरिल र एन्टिइन्फ्लेमेटरी गुण हुने भएकाले यसले दाग हटाउन निकै सहयोग गर्छ । दाग भएको ठाउँमा एक वा दुई थोपा मह लगाएर रातभर छोड्ने र बिहानै पानीले पखाल्ने गर्दा अनुहार सफा हुँदै जान्छ । 

बरफ
एउटा सफा कपडामा बरफको टुक्रा राख्ने र दागमा चारैतिर घुमाएर लगाउने गर्दा डन्डिफोर कम हुने र त्यसको दुखाई पनि कम हुन्छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 493

प्रतिक्रिया (०)

सम्बन्धित खबर