Aamsanchar

‘बारीको कर्कलो’मा केकी र प्रकाश (भिडियो)

Author Image
शनिवार, मंसिर ६, २०७७

काठमाडौं । केही अगाडि ‘नक्कली साली’ सार्वजनिक गरेका गीतकार विजय दर्पण र संगीतकार योगेशकाजीले नयाँ गीत ‘बारीको कर्कलो’ ल्याएका छन् । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा प्रकाश सपुत र केकी अधिकारीको रोमान्स रहेको छ । राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, राजिव समरको कोरियोग्राफी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)