Aamsanchar

विवाह सम्बन्धी नयाँ पाँच गीत युवटुवमा

Author Image
सोमवार, मंसिर ८, २०७७

काठमाडौँ । विवाह कार्यक्रमलाई लक्षित गरेर हिन्दी सब्दमा प्रसस्तै गित रेकर्ड भएका छन् तर नेपाली सब्दमा भने खासै नभएको अबस्थामा निर्देशक सुव्रतराज आचार्यले आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच विवाह सम्बन्धी पाँचवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतकार विनिता खनालले विवाह सम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ मा उक्त गीतहरु समावेस छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।

कार्यक्रममा यी पाँचवटै गीतका भिडियो समेत एकसाथ सार्वजनिक गरिएको थियो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतवार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ । रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते सार्वजनिक हुनेछन् । विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 464

प्रतिक्रिया (०)

सम्बन्धित खबर