Aamsanchar

कात्तिक महिनामा २ हजार जना पर्यटक नेपाल आए, ४ सय ५५ जना अमेरिकाबाट

Author Image
सोमवार, मंसिर ८, २०७७

काठमाण्डाै –   गएको कात्तिक महिनामा २ हजार जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा २ हजार ९ जना पर्यटक नेपाल आएका हुन् । यसमध्ये १३ सय ७० जना पुरुष र ६ सय ३९ जना महिला पर्यटक रहेका छन् ।  सबैभन्दा धेरै अमेरिकाबाट ४ सय ५५ जना र बेलायतबाट ३ सय २६ जना पर्यटक नेपाल आएका छन् । यस्तै चीनबाट १ सय ६१ जना, भारतबाट १ सय २५ जना र  रुसबाट ८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सरकारले हवाइ यातायातको माध्यमबाट नेपाल भित्रने सबै विदेशीलाई पर्यटकको दर्जामा राख्दै आएको छ । कोरोना भाइरसको महामारीका कारण सरकारले गएको चैतदेखि साउन ६ गतेसम्म लगाएको लकडाउन र सीमा नाका बन्दका कारण नेपाल घुम्ने पर्यटक आउन पाएका थिएनन् । पछिल्लो समय सरकारले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पदयात्रा र पर्वतारोहणको लागि पर्यटक आवागमन खुला गरेपछि घुम्नकै लागि आउने विदेशी बढेका विभागले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर