Aamsanchar

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक को मृत्यु, एक गम्भीर घाइते

Author Image
सोमवार, मंसिर ८, २०७७

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा प्याराग्लाइडिङका पाइलटको मृत्यु भएको छ । त्यस्तै एक यात्रु गम्भीर घाइते भएका छन् । दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा करिब पौने २ बजे मृत्यु भएको थियो। प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन्। उनको उपचार मेट्रो सिटी मै भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर