Aamsanchar

अरु भन्दा बढी जाडो अनुभब गरिरहनुभएको छ भने यस्ता रोगको लक्षण हुन सक्छन्, यी उपाय अपनाउनुहोस् !

Author Image
बिहिवार, मंसिर ११, २०७७

भारतकी डायटिशियन निधि पाण्डेले आइरनको प्रत्यक्ष सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुने बताएकी छिन् । सही डाइट नलिँदा शरीरमा आइरनको कमी हुनसक्छ । जसका कारण रक्तअल्पत्ता हुनसक्छ । चिसो मौसममा डाइटलाई सही राखेर तपाईं आफ्नो शरीरको आइरन लेभल बुस्ट गर्न सक्नुहुन्छ । शरीरमा आइरनको कमी गम्भीर रोगको कारण बन्न सक्छ । 

के हो रक्तअल्पत्ता ?

– कहिलेकाँही हामीलाई अरुको भन्दा बढी जोडो हुन्छ । शरीरमा आइरनको कमी यसको सबैभन्दा ठूलो कारण मानिन्छ । 

– तन्तु, मांसपेशी र अंगले सही ढङ्गले काम गर्नका लागि अक्सिजनको आवश्यकता हुन्छ । रगतको मद्दतले अक्सिजन शरीरको सबै हिस्सामा पुग्छ । रेड ब्लड सेल भित्र आइरन हुन्छ जसले अक्सिजनलाई रगतसँग जोड्ने काम गर्छ । 

– यदी शरीरमा आइरनको मात्रा काम हुन्छ भने तपाईंलाई असाध्यै चिसो लाग्छ । यसो हुँदा रोग लाग्ने खतरा बढी हुन्छ । हेमोग्लोबिनको स्तर कम हुँदा नै रक्तअल्पत्ता हुन्छ जसका कारण हामीलाई अल्छी लाग्ने, रिँगटा लाग्ने र टाउको दुख्नेलगायतका समस्याको सामना गर्नुपर्ने हुन्छ । 

आइरन किन आवश्यक ?

– शरीरलाई नियमित रुपमा मिनरल्सको आवश्यकता हुन्छ । यसै मिनरल्समध्ये एक हो आइरन । हेमोग्लोबिन बन्न आइरन सबैभन्दा महत्वपूर्ण हुन्छ । हेमोग्लोबिन ब्लड सेलमा आइरनयुक्त प्रोटिन हो जसले शरीरको हरेक अंगमा अक्सिजन पुर्याउने काम गर्छ । यसै कारण दैनिक आहारविहारमा आइरनलाई पक्कै पनि समावेश गर्नुपर्छ । 

– यसबाहेक शरीरबाट कार्बन डाइअक्साइड बाहिर फिल्टर गर्न पनि आइरनले फोक्सोलाई मद्दत गर्छ । आइरन हाम्रो स्वास्थ्यका लागि मात्रै नभई हाम्रा अंग जस्तै, फोक्सोका लागि पनि आवश्यक छ । केही कुरालाई ध्यानमा राखेर हामी शरीरमा आइरनको आवश्यक मात्राको पूर्ती गर्नसक्छौं । 3

आइरनको कमी कम गर्ने ४ तरिकाः

१. हरियो तरकारीबाट पाइन्छ आइरनः

आइरनको कमीलाई पूरा गर्नका लागि आफ्नो खानामा हरियो तरकारी समावेश गर्नुहोस् । तरकारीमा भरपुर मात्रामा आइरन पाइन्छ । मौसमी तरकारीमा हाम्रो ध्यान बढी केन्द्रीत हुनुपर्छ । यसबाहेक जति सकिन्छ, अर्गानिक खानालाई समावेश गर्नुहो् । तरकारीमा तेल मसाला बढी प्रयोग गर्नबाट बच्नुहोस् । 

खानामा यी तरकारी प्रयोग गर्नुहोस्ः
ब्रोकली, पालुङ्गो, मेथीको साग, बन्दा, च्याउ, आलू, चुकन्दर, मूल, सलगम, पिँडालु इत्यादि । 

२. फल र ड्राइ फ्रुट पनि आइरनको स्रोतः

आइरनको कमी पूरा गर्नका लागि फल र ड्राइ फ्रुट खान सुरु गर्नुहोस् । केही फलमा आइरनको भरपुर मात्रा पाइन्छ । सलाद र स्न्याक्सको रुपमा यसको प्रयोग गरेर शरीरमा आइरनको स्तर बूस्ट गर्न सकिन्छ । 

यी फल र ड्राइ फ्रुटमा पाइन्छ आइरनः
खरबुजा, अमला, अम्बा, स्याउ, अनारइत्यादि फलफूल र ड्राइ फ्रुटमा खजुर, किसमिस, छोगडा, बदाम, खुर्पानी इत्यादि । 

३. गेडागुडी, दालबाट पनि पाइन्छ आइरनः

आइरनको कमी पूरा गर्नका लागि आफ्नो खानामा फाइबरको मात्रा बढाउनुहोस् । गेडागुडीमा आइरनको मात्रा अत्यधिक हुन्छ, त्यसैले आफ्नो शरीरमा गेडागुडीको प्रयोग गर्नुहोस् ।

४. यी खानेकुरा बढी सेवन गर्नुहोस्ः
दाल, चना, राजमा, भटमास

यी कुराको विशेष ध्यान दिनुहोस्ः

– आइरनको भाँडामा खाना पकाउनुहोस्

– आइरन र क्याल्सियम सँगै सेवन नगर्नुहोस्

– कफी, चिया र सोडाको कम प्रयोग गर्नुहोस् 

– धुम्रपान र मद्यपानबाट टाढै रहनुहोस् 

– खानामा फाइबरयुक्त खानेकुरा समावेश गर्नुहोस् 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर