Aamsanchar

उद्योग वाणिज्य महासंघमा ढकाल र प्रधानबीच कडा टक्कर

Author Image
बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ ।

१३ गतेसम्म हुने चुनावी साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । तीन दिनसम्म चल्ने महासंघको चुनावी प्रतिस्पर्धामा ढकाल र प्रधानको टक्कर पर्ने देखिन्छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल आफू चुनावी प्रतिपर्धामा विजयी हुने बलियो सम्भावना रहेको दाबी गर्नुहुन्छ । साना तथा ठूला व्यवसायीहरुको आफूले स्वतस्फूर्त सहयोग पाएकाले चुनावी प्रतिस्पर्धा गर्नुनपर्ने दाबी ढकालको छ ।

यता प्रधान प्यानलले कृषि क्षेत्रमा व्यवसायीकरण र आधुुनिकीकरण मुख्य एजेन्डा बनाएको छ । आफ्नो प्यानलमा क्षमता र अनुभवी उद्योगी–व्यवसायीको सहभागिता रहेकाले आफूले चुनाव जित्नेमा विश्वस्त रहेको प्रधानको दाबी छ ।

वरिष्ठ उपाध्यक्षको चुनावका प्रत्यासी प्रधान र ढकाल दुवै पक्षले चुनाव आफूले जित्ने दाबी गरिरहेका छन् । प्रधान पक्षलाई पूर्वअध्यक्ष पशुपति मुरारकाको सहयोग छ भने चन्द्र ढकाल पक्षलाई अर्का पूर्वअध्यक्ष चण्डिराज ढकालको सहयोग छ ।

प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन् ।

दुवै पक्षले आफ्नो बलियो उपस्थिति र दाबेदारी देखाइरहेको महासंघको चुनावी प्रतिस्पर्धा निकै नै रोचक हुने देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१