

चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ र ९ खाडीबस्तीमा बिगत पाँच महिना देखि लडेको बिजुलीका पोल र थ्रिफेज तार यतिका महिना सम्म पनि व्यवस्थापन गरिएको छैन् ।
गत आर्थिक बर्षको अन्त्य महिना असारमा बजेट सक्नको लागि हरातोमा लतरपत्तर गरेर पोल गाडने काम र तार टाङने काम भएको यो दृष्यलाई हेर्दा पुष्टि हुन्छ ।
असार साउनमा गाडेको पोल भदौ लाग्दा नलाग्दा ढल्न थाले, गलेको माटो कमसल काम गराईका कारण पोल एक पछि अर्को गर्दै दर्जनको हाराहारीमा ढलेको स्थानियको बुझाई छ ।
तारहरु लत्रिई रहेका छन् । कतिको आँगनमा कतिको घरको छानो र गोठ हरुमा थ्रिफेस तार देख्न सकिन्छ ।


लक्ष्मीपुर–राजगढ सडक खण्डमा एक तर्फी मात्र बिजुली संचालनमा रहेको थियो । सडकको दुबै तर्फ विद्युत विस्तार हुनुपर्ने नियमका कारण सडकको बायाँ तर्फ गत आर्थिक बर्षको अन्त्यमा बिद्युत तार विस्तार गरिएको थियो । भाग्यवस करेन्ट प्रभाह गरिएको थिएन ।
केन्द्रबाट प्रोजेक्ट अन्तरर्गत ठेक्का मार्फत विद्युत विस्तारको काम भएको हो । ठेकेदारले समयमा काम नगर्ने र विग्रिएको मर्मत सम्माहार नगरिदिने समस्या नयाँ भने होईन । विद्युत लाईन विस्तार लक्ष्मीपुर सव स्टेशन पनि अनारमनी वितरण केन्द्रमा हस्तान्तरण भईनसकेकोले अनारमनी वितरण केन्द्रले नीतिगत रुपमा अधिकार नपाएकोले काम गर्न नसकेको अनारमनी वितरण केन्द्रका प्रमुख बिरेन्द्रकुमार झा ले बताए ।

यता स्थानियहरुले बारम्बार अनारमनी वितरण केन्द्रमा लढेको पोल उठान आग्रह गर्दा प्राधिकरणका कर्मचारीले ठुलो स्वरमा त्याहाँ काम गर्न आउनेलाई भनेर थ्रिफेज लाईनको पोल उठान लाउनु पर्दैन भनेर उल्टै गाली गरेपछि फोन गर्न छोडेको र आँगनमा लत्रिएको तारलाई बाँसको टेका लगाएर राखेको पीडित जानुका आचार्यले बताईन् ।






