Aamsanchar

भारतीय सेनामा कार्यरत एक नेपालीको हमलामा परी मृत्यु

Author Image
शुक्रवार, मंसिर १२, २०७७

ईन्सेटमा आतंककारी हमलामा मारिएका भारतीय सेना प्रेम केसी। पृष्टभूमीमा प्रतिकात्मक हमला फायल फोटो गुगलबाट ।

दाङ  ।  भारतीय सेनामा कार्यरत दाङका एक युवाको आतंककारी हमलामा परी मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङ स्थित तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको  मृत्यु भएको हो।

जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ।

प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएका थिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर