Aamsanchar

होसियार रहनुहोस् ! यस्ता रोग हुनेले अनार खानु खतरनाक

Author Image
शनिवार, मंसिर १३, २०७७

एजेन्सी – शरीरमा आइरन र रगतको कमी पूरा गर्नका लागि अनार निकै राम्रो स्रोत हो । त्यसैले चिकित्सकहरुले अनार खान सुझाव दिन्छन् । अनार फाइबरले भरपुर हुन्छ । यसले तौल कम गर्छ । तर, केही व्यक्तिहरुका लागि अनार खानु खतरनाक हुन्छ ।

१. एलर्जी 
एलर्जीबाट समस्यामा परेका व्यक्तिहरुले अनार खान हुँदैन । यसले एलर्जीको समस्या झन् बढाउँछ । शरीरमा रगत बढाउँछ र रगतको धब्बा झनै बढाउँछ । 

२.न्यून रक्तचाप
रक्तचाप कम ( लो ब्लडप्रेसर) कम हुने व्यक्तिहरुले अनार खानुहुँदैन । अनार चिसो हुने भएकाले यसले रक्तसञ्चारको गति ढिलो गराउँछ । जसले ‘बिपी फल’ गराउँन सक्छ । यसका साथै, अनारमा हुने तत्वले न्यून रक्तचापको औषधिसँग प्रतिक्रिया जनाउने हुँदा शरीरलाई हानी पुग्छ ।

३. खोकी वा इन्फ्लुयन्जा 
चिसो फल भएकाले अनारले खोकी र इन्फ्लुयन्जाको समस्या झनै बढ्छ । 

४.कब्जियत र ग्याष्ट्रिक
अनारले कब्जियत र ग्याष्ट्रिकको समस्या झन् बढाउँछ । अनारले पाचन प्रक्रिया बिगार्ने भएकाले झनै समस्या आउँछ ।

५. मानसिक समस्या 
यदि तपाईं मानसिक समस्याबाट पीडित हुनुहुन्छ भने अनार खान तुरुन्त बन्द गर्नुपर्छ । किनकी मानसिक समस्यामा खाइने औषधिसँग प्रतिक्रिया गर्छ । र दिमागको नसा चिसो बन्न सक्छ ।

६.कहिले खाने ? 
बिहान अनार खानु निकै फाइदाजनक हुन्छ । यसमा हुने सुगर र भिटामिनले दिनभर उर्जा प्रदान गर्छ । त्यसैले बिहान ब्रेकफास्टमा अनार खानुपर्छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 449

प्रतिक्रिया (०)

सम्बन्धित खबर