Aamsanchar

मंगल बिकको नयाँ गीत ‘सिमसिम पानीले…’ को म्युजिक भिडियो सार्वजनिक

Author Image
शनिवार, मंसिर १३, २०७७

काठमाडौँ : गायक तथा संगीतकार मंगल बिकको नयाँ गीत ‘सिमसिम पानीले…’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । ‘भिजायो पछ्यौरी, सिमसिम पानीले, मनै यो बिगार्‍यो त्यो जवानीले’ बोलको गीतमा गायक मंगल बिक र जुनु रिजालले स्वर दिएका हुन् । र संगीत पनि गायक मंगलले नै भरेका हुन् । गीतको शब्द रचना महेन्द्र बिकले गरेका हुन् भने गोपाल रसाइलीले एरेन्ज गरेका हुन् ।

म्युजिक भिडियोमा गायक तथा मोडेल रामजी खाँड र रिचा थापाको मुख्य अभिनय छ । म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् भने दीपक गिरीको छायांकन हो । १० वर्षअघिदेखि गायन तथा सांगीतिक गतिविधिमा सक्रिय मंगलले यसअघि ‘तनहुँ बन्दिपुर’, ‘पछ्याउनलाई छोड्यो छायाँले’ ‘मेरो जीवन परदेशमा’, ‘बाध्यताले मुग्लान कटायो’ लगायत थुप्रै गीतमा लय, संगीत र शब्द भरिसकेका छन् ।

यसपटकको गीत ‘सिमसिम पानीले’ फरक शैलीमा सिर्जना गरिएकाले यसले सफलता पाउनेमा बढी नै आशावादी रहेको गायक तथा संगीतकार मंगल बिकको अपेक्षा छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर