Aamsanchar

जामुनबारी सामुदायिक वनको निर्वाचनमा मिस्रित परिणाम, अध्यक्षमा सिटौला

Author Image
आइतवार, मंसिर १४, २०७७

झापा- झापाको कनकाईमा हिजो मंसिर १३ गते शनिवार सम्पन्न जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको मुख्य ६ वटा पदको निर्वाचनमा लोकतान्त्रीक प्यानलको नेतृत्व गरेका ख्याम सिटौला अध्यक्षमा निर्वाचित भएका छन् । ५३ मतको अन्तरले दोस्रो कार्यकालकालागि निर्वाचित सिटौलाले ४ सय १९ मत प्राप्त गरी विजयी भएका हुन् ।

सिटौलाका प्रत्यासी प्रगतिशिल विकासप्रेमी प्यानलको नेतृत्व गरेका विनोद रानामगरले ३ सय ६६ मत प्राप्त गरेका थिए । दुईजना उपाध्यक्षमा भने राना प्यानलका दिलकुमार राई र विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ३५२ र ३२८ मत प्राप्त गरेका थिए । उपाध्यक्षको प्रत्यासीका रुपमा रहेका सिटौला प्यानलका वुद्धिमान बोहोराले २८९ र डबलबहादुर भण्डारीले ३०७ मत प्राप्त गरेका थिए । उपाध्यक्षकै लागि स्वतन्त्र तर्फका उम्मेद्वार धननारायण श्रेष्ठले १६१ मत प्राप्त गरेका छन् ।

सचिव र कोषाध्यक्षमा सिटौला प्यानलका क्रमशः मनिता राईले ४१० र यसनाथ अधिकारीले ४०४ मत प्र्राप्त गरी विजयी भएका छन् । प्रत्यासीका रुपमा राना प्यानलका सिर्जु खरेलले ३५८ र बिदुर खड्काले ३४६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ऋषिकेश खतिवडाले जानकारी दिए । हिजो शनिवार बेलुका ८ बजेदेखी सुरुभएको मत गणना राती ३ बजे सम्पन्न भएको हो । वन समूहका ८ सय ४२ मतदाता रहेको निर्वाचनमा ७ सय ९६ मत खसेको निर्वाचन समितिका संयोजक खतिवडाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर