Aamsanchar

संघियता खारेजको माग राख्दै प्रधानमन्त्रीको जिल्लामा राप्रपा द्वारा शक्ति पर्दशन

Author Image
शनिवार, मंसिर २०, २०७७

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीझापाले झापाको बिर्तामोडमा आयोजना गरेको मोटरसाइकल र्‍यालीमा गणतन्त्रविरुद्ध चर्को नाराबाजी भएको छ ।

रयालीको नेतृत्व गरेका   राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले खाजा खुवाएर र तेल हालिदिएर जम्मा भएको भिड होइन,  संघिता एक अभ्यास थियो र फेल खाईसक्यो अब संघियता खारेज अनि राजसंस्था स्थापना गरेर प्रत्यक्ष निर्वाचन प्रणालीबाट जनताले भोट दिएर प्रधानमन्त्री बनाउन पाउनु पर्ने बताए । उनले भने झापाबाट जनसागर उर्लियो अब यसैगरी काठमाडौं घेराउ गर्न जान तयार रहन जनसमुदायलाई तयार रहन भनेका छन् ।उनले सरकारलाई चेतावनीको भाषामा भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’

काँकरभिट्टाबाट २ बजे सुरु भएको र्‍यालीमा हजारौं सहभागी भएका थिए । राप्रपाले दशौं हजारको सहभागिता गराउने पूर्व घोषणालाई सरदर पुरा गरेको मान्न सकिने गरिको र्‍याली थियो ।

करिव १७ किलो मिटर दुरी सम्मको र्‍यालीमा विर्तामोड आईपुग्दा सम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । नेपाल प्रहरीको गाडीले र्‍यालीको अग्रभागमा स्कर्टिङ गरेको थियो । र्‍यालीमा गणतन्त्र मुर्दाबाद र राजतन्त्र जिन्दाबादको नारा लागेको थियो ।

सहभागी अधिकांशको मोटरसाइकलमा राष्ट्रि«य झण्डा बाँधिएको थियो भने राप्रपाको आफ्नै झण्डा समेत  थियो ।

एक तर्फीमात्र सडक प्रयोग गर्ने भनिएको भए पनि पुरै सडक छेकिने गरि रयाली भएको थियो, अत्यन्तै लामो रयालीका कारण ठाउँ ठाउँमा सार्वजनिक यातायात रोक्नु पर्ने अबस्थामा चालकहरु पुगेका थिए ।  काँकडभिट्टाबाट सुरु भएको रयाली लाई चोक चोकमा सर्वसाधारणहरुले ताली बजाएर स्वागत गरेका थिए ।

सहभागीले माइकिङ र नाराबाजी गरेका थिए । कतिपयले पूर्वराजा ज्ञानेन्द्रको तस्वीर अंकित लुगा लगाएका थिए ।

र्‍याली पुछारमा रहेको एउटा गाडीमा पूर्वराजा ज्ञानेन्द्र गद्दीमा बसेको तस्वीरको झाँकीलाई आकर्षक ढंगले सजाइएको थियो । पूर्वराजा ज्ञानेन्द्रको झाँकीलाई र्‍यालीको अग्रभागमा भने राखिएको थिएन । चोक चोकमा प्रहरीको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

कोरोना कहरका बिच पनि र्‍यालीमा कार्यकर्ता र सर्वसाधारणको उपथितीलाई हेर्दा साच्नै नै लोकतन्त्र र वर्तमान सरकार र गणतन्त्र पक्षधर पाटीबाट जनताहरु निरास बन्न थालेर राज संस्थाकै पक्षमा फर्किने संकेत जस्तो देखिएको थियो ।

राप्रपाले विगतका बर्षहरुमा  रयाली तथा आमसभामामा बुढापाकाहरु धेरै देखिने गर्दथिए भने यस पटक झापामा युवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर