Aamsanchar

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

Author Image
सोमवार, मंसिर २२, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर