Aamsanchar

आठ जना प्याराग्लाइडिङ चालक परे कारबाहीमा, उडानमा रोक

Author Image
बुधवार, मंसिर २४, २०७७

प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्रयाइँ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराका ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको छ ।
यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्यानले ती चालकलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो ।

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार आठ जना चालकको उडान अनिश्चितकालका लागि रोकिएको हो । उनका अनुसार चालक युकेश गुरुङ, सहिल खान, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई उडान गर्न रोक लगाइएको हो ।
चालकले यात्रुसहित उडानको क्रममा सुरक्षामा हेलचेक्रयाइँ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका थिए । नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर