Aamsanchar

अख्तियारको स्टिङ अपरेसन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले माघ ८ गते निर्णय सुनाउने

Author Image
बिहिवार, मंसिर २५, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले माघ ८ गते निर्णय सुनाउने भएको छ । बुधबार संवैधानिक इजलासमा सुनुवाई सकिएपछि अब माघ ८ गते निर्णय सुनाउने तय भएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैंले घुस रकम उपलब्ध गराएर घुस लिएको भनी रंगेहात पक्राउ गर्ने स्टिङ अपरेसन कानून विपरीत रहेको भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्च अदालतमा २०७४ पुस २ गते रिट दायर गरेका थिए । उक्त मुद्धामा पेशी सर्दै सर्दै बुधबार सुनुवाई सकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका संवैधानिक इजलासमा यो रिट २०७६ कात्तिक ८ गतेदेखि हेर्दाहेर्दैमा रहेको छ । अधिवक्ता घिमिरेले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने अख्तियारले आफैंले प्रस्ताव गरेको घुस रकम लिएको आधारमा स्टिङ अपरेसन गरि भ्रष्टाचारको आरोप लगाउन नमिल्ने जिकिर गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर