Aamsanchar

‘ईपीएस’ मार्फत नेपाली रोजगारीका लागि कोरिया जाँदा देशलाई फाइदा भएको छ : अर्थमन्त्री पौडेल

Author Image
बिहिवार, मंसिर २५, २०७७

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटवार्तामा दुई पक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ । अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ‘कोइका’ मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढ्दै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘ईपीएस’ मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको बताउनुभयो । उहाँले कोभिड–१९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिनुभयो ।

अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियाली नागरिकको उपस्थिति बढाउन थप सहयोगको लागि आग्रह गर्नुभयो । उहाँले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताउनुभयो । राजदूत योङसिकले कोरियाली सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगका बारेमा जानकारी गराउँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने जानकारी गराउनुभयो ।

उहाँले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने बताउनुभयो । साथै ईपीएसमार्फत नेपाली रोजगारीका लागि कोरियामा कार्यरत जनशक्ति तथा त्यहाँबाट फर्केर आएका जनशक्तिलाई उद्यमशीलता प्रदान गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको जानकारी गराउनुभयो । राजदूत योङसिकले कोभिड –१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियाली सरकारको सक्रिय योगदान हुने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर