Aamsanchar

पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने हास्य कलाकार गजुरेलको चेतावनी

Author Image
मङ्गलवार, मंसिर ३०, २०७७

काठमाण्डौ –हास्य-व्यङ्ग्य कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिनुभएको छ । पूर्वश्रीमतीको क्रियाकलापबाट आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पुर्याएको उहाँको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै उहाँले एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म चुप बसेको र अब बाध्य भएर स्पष्टीकरण दिन परेको उल्लेख गर्नुभएको छ ।

डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर आफूसँग बस्न आएको उहाँले उल्लेख गर्नुभएको छ । मनोज गजुरेल र मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेदपछि मिनाले मनोजमाथि विभिन्न आरोप र लाञ्छना लगाएर युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिँदै आउनुभएको छ । केही दिनयता मनोजले अर्को विवाह गर्न लागेको कुरा सार्वजनिक भएपछि मिनाले फेरि आरोप र लाञ्छना लगाउने क्रम बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर