Aamsanchar

झापा नाटक घर निर्माणका लागि इन्द्रेणी समूह द्वारा आवाहान

Author Image
बुधवार, पौष १, २०७७

बिर्तामोड । झापा को बिर्तामोड १ देबी पञ्चकन्या उत्तर मा निर्माणाधीन अबस्थामा रहेको बहुजातीय बहुभाषि बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणका लागि इन्द्रेणी केन्द्रीय परिवारले निर्माण स्थलमै एक कार्यक्रम सम्पन्न गर्दै अन्तराष्टिय स्तर सम्म सहयोग का लागि हार्दिक आवाहान गरेको छ ।

समुहका ब्यबस्थापन समिति ज्ञानुराम प्रसाइको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा इन्द्रेणी बिकास संस्थाका अध्यक्ष कृष्ण कडेल तथा बिशिष्ठ अतिथिहरुमा झापा क्षेत्र न. २ संघिय सांसद पबित्रा निरौला खरेल, सांसद बिमला बि क, प्रदेश सांसद एकराज कार्की ,बिर्तामोड न पा उपमेयर पबित्रा महतारा प्रसाइ, बिर्तामोड न पा कार्यकारी अधिकृत गणेश दहाल ,सामाजिक अभियन्ता राजकुमार पोखरेल बिर्तामोड बडान १ का अध्यक्ष अग्नि प्रसाद पाण्डे,वडा न २ का अध्यक्ष नगेन्द्र प्रसाद संगौला वडा न ३ का अध्यक्ष भोजराज सिटौला ,बडा न ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन,साँस्कृतिक अभियन्ता मोहन बि क बिर्तामोड उध्योग बाणिज्य संघ उपाध्यक्ष ,पार्वता खरेल बिमली, नेपाल अलैंची बिकास संस्था केन्द्रीय महासचिव सुभाष भट्टराई , समुहका सल्लाहकार ओम बिमली, डिल्लीराम सिटौला लगायतको उपस्थित रहेको थियो ।

समुहका केन्द्रीय अध्यक्ष तथा अभियन्ता माधब कल्पितको शब्द रचना र गोबिन्द रहपाल को संगितमा क्षितिज संगित साधना प्रतीष्टान झापाका कलाकारहरु द्बारा स्वागत गान बाट सुरु गरिएको कार्यक्रममा नौमति बाजा, झ्याबृङ,नेवारी संस्कृति तथा सरगम संगितालय झापाका कलाकार हरुको समाबेशी प्रस्तुति रहेको थियो । बिषेशत गन्धर्ब पेशा र बहुुजातिय पहिचानलाइ उजागर गर्दै झापा नाटक घर निर्माणका लागि सहयोग जुटाउने उद्देश्य बोकेर आएको इन्द्रेणी परिवारले मेरो टोपी ,रेङ्के बुङ्को राँगोलाइ लगायतका गित प्रस्तुत गरेको थियो ,केन्द्रीय कलाकार कृष्ण कडेल, राजेश घतानि,छत्र शाहि, मनमाया बाइबा, कृष्ण बजगाइ ,अच्युत दहाल लगायतका कलाकारहरु द्वारा लोक दोहोरी प्रस्तुति भएको थियो ।

अभियन्ता तथा केन्द्रीय अध्यक्ष माधव कल्पितले कार्यक्रम को औचित्य माथि प्रकाश पार्दै संचालन गरेको उक्त साँगितिक कार्यक्रममा साँसदहरु पबित्रा निरौला खरेल , बिमला बि क ,एकराज कार्की र सम्योजक ज्ञानुराम प्रसाइले झापा नाटक घर निर्माण अफ्नो पहिलो एजेन्डा रहेको र आफ्नै कार्यकालमा सम्पन्न गर्न आफूहरु समेत लागेकोमा इन्द्रेणी परिवार ले निर्माण स्थलमै आएर देखाएको सहयोग र सद्भभाव प्रती सबै द्बारा उच्च सम्मानका साथ हार्दिक आभार समेत ब्यक्त गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर