Aamsanchar

जाडोमा ओठ फुट्नबाट जोगाउने घरेलु उपाय

Author Image
बिहिवार, पौष २, २०७७

जाडोमा ओठ फुट्नु सामान्य समस्या हो । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिले कम तेल निकाल्छ । त्यसैले
फुट्छ । जाडोको समयमा सुक्खा धुलो उड्ने भएका कारणले पनि बढी ओठ फुट्छ । ओठ फुट्दा केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र
अनुहारको सौन्दर्यसमेत बिगार्छ । ओठ फुटेपछि घाउ छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्छ यसले गर्दा अझ बढी फुट्छ ।
ओठ फुट्नबाट जोगाउन केही उपाय अवलम्बन गर्न सकिन्छ ।

> चिसो मौसममा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सुतीको कपडाले हल्का पुछेर निस्कने ।

> राति सुत्दा ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्न कम हुन्छ ।

> सुत्ने वेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्दा पनि हुन्छ ।

> शरीरमा पानीको मात्रामा कमी हुँदा पनि ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन् । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ ।

ओठ फुट्दा धेरैले बारम्बार जिब्रोले चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ, तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुक्खा हुन्छ ।
बारम्बार ओठ चाटिरहँदा ओठको छालावरिपरि कालो हुन जान्छ । त्यसैले ओठ फुटेको छ भने जिब्रोले नचलाउनुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१