Aamsanchar

झापामा आज थप ३ जनामा कोरोना पुष्टि , १ जनाको मृत्यु

Author Image
मङ्गलवार, पौष ७, २०७७

झापा-झापामा आज थप ३ जनामा कोरोना संक्रमित थपिएका छन् ,यस्तै १ जनाको मृत्यु भएको छ । आज २ ओटा पालीकामा १ महिला र २ पुरुष सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमक नगरपालीका बडा नम्बर ४ का १ जना कोरोना संक्रमित थपिएको छन् भने मेचिनगर नगरपालीका वडा नम्बर १० र २ का १-१ महिला पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तै आज मेचिनगर नगरपालीका वडा नम्बर १० की १ जना ५७ बर्षीय महिलाको कोरानाका कारण नोबल मेडिकल कलेजमा मृत्यु भएको हो । यो सँगै झापामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । झापामा हाल सम्म ४ हजार ४ सय ४४ जनामा कोरोना पुष्टि हुँदा ४ हजार १० जना डिस्चार्ज भएका छन् । ३ सय ५ जना सक्रिय संक्रमित आईसोलेसनमा रहेका छन् भने २ सय ९८ जना होम आईसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर