Aamsanchar

मेचीनगरका परशुराम गौतमको हत्यामा संलग्न दुईजनालाई प्रहरी आज सार्वजनिक गर्ने

Author Image
बिहिवार, पौष ९, २०७७

सांकेतिक तस्वीर ।

झापा । झापा मेचीनगर–९ खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिस उपनामले चिनिने परशुराम गौतमको हत्यामा संलग्न भएका दुईजनालाई आज प्रहरीले सार्वजनिक गर्ने भएको छ ।

पुस ३ गते गौतम आफ्नै घरको आगनमा मृत अवस्थामा परेका थिए । घटना शंकाष्पद रहेको भन्दैं काँकरभिट्टा र धुलावारी प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान थालेको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार पुस ७ गते सोहि ठाउँका ४७ वर्षीय बुधलाल किसान र अन्दाजी २८ वर्षीय भयंकर किसानलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गर्न लागेको हो ।

प्रारम्भिक वयानका क्रममा दुवैले घटनामा आफ्नो संलग्नता रहेको बताएका छन् । सवैले मादक पदार्थ सेवनगरेको र त्यही क्रममा सामान्य विवाद हुदाँ घटना हुन पुगेको स्रोतको बयान छ । मृतक गौतमको टाउकोमा चोट पटक रहेको बताइएको छ ।

प्रहरीले भने घटनाका बारेमा आज विहीबार २ बजे धुलाबारी इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर