Aamsanchar

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा गीत गाएर विश्व रेकर्ड कायम गर्ने

Author Image
बिहिवार, पौष ९, २०७७

काठमाडौं । सांसद विघटन र पार्टी विभाजनका कारण उत्पन्न परिस्थितिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सरकारका मन्त्रीहरु तनावग्रस्त छन् । तर, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई भने यतिबेला अर्कै चटारो छ । उनी स्टेजमा गीत गाएर विश्व रेकर्ड कायम गर्ने ध्याउन्नमा छन् ।

मानन्धर कुनै व्यवसायिक गायक होइनन् । अहिलेसम्म स्टेजमा गाएको अनुभव पनि उनीसँग छैन । केवल विश्व कीर्तिमानकै लागि उनले भोलि आफ्नो सोलो कन्सर्ट आयोजना गरेका छन्, जुन अष्टनारायण हलभित्र हुनेछ । सो कन्सर्टमा गाउन आफूले ६०–७० वटा गीतको तयारी गरेको मानन्धरले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर