Aamsanchar

समाजलाई अन्धकार तर्फ लाने लागुऔषध ब्राउन सुगरसहित सासू–बुहारी पक्राउ

Author Image
बुधवार, पौष १५, २०७७

सुर्खेत  । लागुऔषधले मानिसको जीवनलाई नै सखाव बनाई दिन्छ, कुनै घरका सदस्य लागुओषध प्रयोग कर्ता भयो भने परिवार र समाजलाई असर पुर्याउछ, बेजविखनमा संलंग्न बन्यो भने राष्ट्रलाई नै असर पुग्छ, परिवारमा कोही त्यस्तो गलत कार्यमा लागेको छ भने त्यस्ता व्यक्तिलाई सहिबाटोमा ल्याउन अरु परिवारको महत्वपूर्ण भूमिका रहन्छ तर सुर्खेतमा भने त्यस्तो नभएको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।” लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर