Aamsanchar

घर अगाडिको बारीमा रोकेर राखेको ट्याक्टरले किचेर मोरङमा एक बालकको मृत्यु

Author Image
बुधवार, पौष १५, २०७७

विराटनगर –बाबुले घर अगाडिको बारीमा रोकेर राखेको ट्याक्टरले किचेर मोरङको केराबारी गाउँपालिका–६ बुद्धचोकमा एक बालकको मृत्यु भएको छ। रोकेर राखेको को १ त ७५११ नम्बरको ट्याक्टरले किच्दा जितेन तामाङका ३ वर्षीय छोरा पासाङ तामाङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए। उनका अनुसार जितेनले ट्याक्टर आफ्नै बारीमा रोकेर राखेका थिए। खेल्दै पुगेका बालबालिकाले गिअर चलाउँदा गुडेर अगाडि बढेको ट्याक्टरले भुइँमा खेलिरहेका उनकै छोरालाई किचेको थापाको भनाइ छ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिउँसो ३-३० बजेतिर मृत्यु भएको हो। घटनापछि ट्याक्टर र जितेनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 372

प्रतिक्रिया (०)

सम्बन्धित खबर