Aamsanchar

पर्साबाट लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

Author Image
बिहिवार, पौष १६, २०७७

काठमाडौं । प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

अग्रवाललाई काठमाडौं पठाउने वा नवलपरासीबाटै कानुनी प्रक्रिया थाल्ने भन्ने टुंगो लागेको छैन । प्रहरीले उपलब्ध गराएको रेकर्ड अनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ । पारिवारिक विवादका कारण भाउजु सुनिता गोयलको नाममा रहेको खाताको दुई करोड रुपैयाँ रोक्का रहेको अग्रवालले बताएका छन् । त्यसलाई फुकुवा गराउने गरी तयारी भइरहेको छ । किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर