Aamsanchar

हत्या गरी गाडिएको अवस्थामा बालकको शव फेला

Author Image
शुक्रवार, पौष १७, २०७७

जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको बिदेह नगरपालिका- २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको मिश्रले बताए । ‘सुरुवाती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ’ मिश्रले भने, “शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौं । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।’ बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपु५ भइरहेको मिश्रले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर