Aamsanchar
Adv top
Adv below_nav

१०० गन्तव्य सूचीमा रहेको पोकली झरना


ओखलढुङ्गा –सरकारले तयार पारेको नेपालको १०० गन्तव्य सूचीमा रहेको पोकली झरना लिखु गाउँपालिका–९ मा रहेको छ। नेपाल कै दोस्रो अग्लो झरना पोकलीको १३३ मिटर लामो छ। पोकली झरनाले लेती र वाच्पु गाउँलाई छुट्याएको छ। प्रकृतिसँग रमाउनेहरु पोकली झरनामा पुग्ने गरेका छन्। भदौदेखि कात्तिकसम्म पोकली झरना अवलोकन गर्न सकिन्छ।

पर्यटकीय गन्तव्य पोकली ओखलढुंगाको दुर्गम ठाउँ भए पनि काठमाडौंबाट एक दिनमा पुग्न सकिन्छ। काठमाडौंदेखि सिन्धुलीको खुर्कोट हुँदै रामेछापको मन्थली पुगेपछि पोकली जाने दुईवटा बाटो रहेका छन्। मन्थलीबाट रामेछापकै लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोवी बजारमा पुगेपछि पोकली झरना देख्न सकिन्छ। धोबी बजारबाट एक घन्टाको यात्रापछि सिरिसे बजार हुँदै पोकली झरना पुग्न सकिन्छ।

पछिल्लो समय पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका काम समेत धमाधम भइरहेको र पोकलीलाई विश्व सामु चिनाउन लागिपरिरहेको पोकली झराना सेवा समाजका अध्यक्ष मिलन विष्टले बताए।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।