जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्यो’ उनले भने ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 212