Aamsanchar

माछा खाएपछि दूध खाँदा के हुन्छ ?

Author Image
आइतवार, पौष १९, २०७७

एजेन्सी । माछा मानिसको स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसमा प्रोटिनको मात्रा भारी मात्रामा हुन्छ । माछामा पाइने पोषक तत्वले क्यान्सरजस्ता रोग लाग्ने खतरालाई कम पनि गराउँछ । यसैगरी, माछाको सेवन गर्नेहरुको आँखा स्वस्थ हुन्छ भने कपाल पनि लामो हुने गर्छ । मधुमेहका रोगीहरुका लागि पनि माछा निकै फाइदाजनक हुन्छ ।

तर, माछाको सेवन गरेपछि दूध र दूधजन्य परिकार खान नहुने अनुसन्धानमा उल्लेख छ । यसले छालासम्बन्धी रोगहरु लाग्छ । यदि माछा र दूध एकसाथ सेवन गरेमा छालामा सेतो दाग आउने सम्भावना हुन्छ । यसलाई भिटिलिगो भनिन्छ ।भिटिलिगोको समस्यामा छालाले पिगमेन्ट मेलेनिन छोडिदिन्छ जसले सेतो दाग देखिनसक्छ । यस रोगमा छालामा रंग छुट्याउने मिलेनिन नामक पदार्थको निर्माण बन्द गरिदिन्छ । र सेतो धब्बा देखिन थाल्छ ।

सामान्यतयाः माछा र दूधको सेवनबाट फुड पोइजन पनि हुन सक्छ । त्यसैले दूध र माछा खानुहुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर