Aamsanchar

नेपाली लेग स्पिनर लामिछाने पाकिस्तान सुपर लिग ड्राफ्टको सर्वाधिक उच्च मूल्यमा

Author Image
बुधवार, पौष २२, २०७७

काठमाण्डौ – नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । उनी यसपटक प्लाटिनम वर्गमा परेका छन् । यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन् । यसका साथै घरेलु क्रिकेटमा बाबर अजाम लगायतका चर्चित अनुहार यो श्रेणीमा परेका छन ।

पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ । सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन् ।

​एक टिमले कुल १ दशमलव १ मिलियन अमेरीकी डलरमा आफ्नो टिम बनाई सक्नु पर्ने छ । प्लेटीनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी डलरदेखि २ लाख १८ हजार अमेरीकी डलर सम्म खरिद गर्न सक्ने छन् । यस्तै डाईमण्ड श्रेणी खेलाडीहरुको मुल्य ७३ हजार अमेरीकी डलर देखी १ लाख ३ हजार अमेरीकी डलरबीच रहने छ ।

सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगेरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक महँगो क्याटेगेरी हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर