Aamsanchar

रेलिङ हाल्ने क्रममा घरको दुई तलाबाट खसे इश्‍वर, उपचारको क्रममा मृत्यु

Author Image
बुधवार, पौष २२, २०७७

काठमाडौं – भक्तपुरमा रेलिङ हाल्ने क्रममा घरको दुई तलाबाट खसेर बुधबार एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक-५ का ४० वर्षीय इश्‍वर कार्की रहेका छन् । महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाइटमा गोविन्द राजकर्णीकारको साढे २ तला पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने क्रममा कार्की एक्कासी खसेर गम्भीर घाइते भएका थिए । घाइते कार्कीको मध्यपुर अस्पताल ठिमिमा उपचारको क्रममा मृत्यु भएको गिरीले बताए ।

रामेछापको मन्थली नगरपालिका-९ फुलासी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने ४५ वर्षीय राजन खड्काले उक्त घरमा रेलिङ लगाउन ठेक्का लिएको पाइएको उनले बताए। प्रारम्भिक अनुसन्धानको क्रममा उनै ठेकदारमार्फत इश्‍वर कार्कीले रेलिङ लगाउन उक्त घरमा गएको पाइएको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर