Aamsanchar

कन्दमुल खानुका फाइदा र बेफाइदा

Author Image
बिहिवार, पौष २३, २०७७

विशेष गरि माघेसंग्रान्ती नजिकिए संगै गाउँघर बजारमा तरुल देख्न पाईन्छ, यो समय तरुको खपत अन्य मनिना भन्दा धेरै बढने गर्छ । उसिनेर, तरकारी बनाएर कन्दमुलका विभिन्न परिकार बनाएर खाईने गरिन्छ । तरुल, सुठुनी, आलु स्कुसको जरा, विडालु लगायतका कन्दमुल खाएर माघेसंग्रान्ती मनाउने परंपरा पनि छ । स्वास्थ्यका लागि कन्दमुल धेरै फाईदा जनक मानिन्छ तर केही यस्ता रोगीहरुका लागि भने विष सरहनै हुने गरेको छ ।

कन्दमुलमा के पाइन्छ ?
तरुल लगाएतका कन्दमुल कोहि पेट भर्न खान्छन् त कोहि स्वादका लागि खान्छन् । जसजसले जसरी जसरी खाए पनि मानव स्वास्थ्का लागि यी कुरा एकदमै फाइदाजक हुन्छ । कन्दमुल जमिन मुनि फल्ने हुनाले भिटामिन सी, कार्वोहाइड्रेड, भिटामिन ए, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम जस्ता मानव शरिरका लागि आवश्यक तत्व पाइन्छ । जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ । कन्दमुलमा प्रोटिन भने कम पाइन्छ ।

फाइदा
स्वास्थ्यको हिसाबले हेर्ने हो भने आधुनिक समाजमा कन्दमुल खानु धेरै फाइदा हुन्छ । नेपालीहरुले जुन समय पनि भात मात्र खाने हुँदा तरुल लगाएत कन्दमुलमा मानव स्वास्थ्यमा आवश्यक पर्ने पौष्टिक तत्वहरु पाइने हुनाले दैनिक यस्ता चिज खादा एकदमै फाइदा पुग्ने पोषण विद्हरुले बताएका छन् । तरुलमा कार्वोहाइड्रेड बढि पाइने हुनाले शक्तिको श्रोतको रुपमा पनि लिइन्छ । यसका साथसाथै आँखा, छाला र श्वासप्रश्वास सम्बन्धि समस्याका लागि धेरै फाइदा पुग्छ ।

तरुलमा फाइबरको मात्र पाइने भएकोले पाचनप्रक्रिया सम्बन्धि समस्या भएकाका लागि पनि उपयुक्त मानिन्छ । त्यतिमात्र हैन मुटु सम्बन्धि लाग्ने समस्याबाट पनि जोगाउछ । तरुल तथा पिडालु रेशेदार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिँदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्वारद्वारा सजिलै बाहिर निकाल्न मद्दत गर्छ । यसले किड्नी तथा पाचनशक्तिमा गडबडी, बच्चाहरुको वृद्धि विकास नहुने जस्ता समस्याहरु देखिए नियमित कन्दमुल खाएको खण्डमा यस्ता समस्यालाई धेरै हदसम्म रोक्न सकिन्छ । यस्ता पोषिलो कन्दमुल धेरै जसो गर्भवती महिला, बालबालिका र ६० वर्ष नाघेको व्यक्तिलाई धेरै फाइदा पुग्छ ।

बेफाइदा
मानव स्वास्थ्यको हिसाबले कन्दमुल खानु फाइदा भएपनि कसैकसैका लागि यो बेफाइदा पनि हुन्छ । विशेष गरेर मृगौला रोगीहरुले यसका प्रयोग गर्नुहुँदैन । यति मात्र हैन मोटोपन हुनबाट बच्नको लागि पनि यसको प्रयोग नगर्दा नै राम्रो हुन्छ । एक दिन खादा खासै असर नगरे पनि दिनहुँ प्रयोग गर्दा अलि ध्यान पुर्याउनुपर्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1373

प्रतिक्रिया (०)

सम्बन्धित खबर