Aamsanchar

‘४ करोडको मोटर’ ल्याए हास्यकलाकार श्रीकृष्ण सिंखडाले (भिडियो सहित)

Author Image
बिहिवार, पौष २३, २०७७

काठमाडौं । हास्यकलाकार तथा गायक श्रीकृष्ण सिंखडाले ब्याङ्ग्य गीत ‘४ करोडको मोटर’ ल्याएका छन् । आफ्नै शब्दमा उनले सो गीत ल्याएका हुन् । गीतमा संगीत तथा संगीत संयोजन संजय खड्गीको रहेको छ ।

गीतमार्फत गायक सिंखडाले कोरोना बिमारीले भेन्टिलेटर नपाएको देशमा मन्त्रीहरुले ४ करोडको गाडी चढेको बिषयमा ब्याङ्ग्य प्रहार गरेका छन् ।उनको गीतमा भ्रष्टाचार, नेताहरुले दिने गरेको हावादारी भाषण, कमिसनलगायतका विषयसमेत गीतमा उठाएका छन् । गीतको भिडियो समेत बनेको छ ।

भिडियोमा गायक श्रीकृष्णको अलवा रेनु कोईराला, सविना सिल्पकार, डीना कोइराला, कृतिका सिंखडालगायतको अभिनय रहेको छ । लोक चन्द्र थापाको छायाँकन, सुविन ढकालको सम्पादन भिडियोमा रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 372

प्रतिक्रिया (०)

सम्बन्धित खबर