Aamsanchar

लालपुर्जा सच्याएबापत ११ हजार घुस लिने मालपोतका नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ

Author Image
बिहिवार, पौष २३, २०७७

सर्लाही – मालपोत कार्यालय हरिवन सर्लाहीका नायब सुब्बा र लेखापढी व्यवसायी ११ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीको लालपुर्जा सच्याएबापत ११ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नायब सुब्बा वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि बर्दिवास कार्यालय पुर्‍याइएको अख्तियारले जनाएको छ । यसअघि पनि मालपोत कार्यालयबाटै घुस रकमसहित एक जना कर्मचारी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर