Aamsanchar

झापाको विभिन्न ठाउँबाट लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

Author Image
शुक्रवार, पौष २४, २०७७

झापा ।  झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

बिहिवार राती ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरि राजवंशी र गौरादह नगरपालिका–९ का निराजन पौडेललाई तीन ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती नै शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानीका २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका–१ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर